site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंका डेभ्लपमेन्टविरुद्ध नेपाल १५९ रनमै अलआउट

काठमाडौं । श्रीलंका डेभ्लपमेन्टसँगको अभ्यास खेलमा नेपाल १५९ रन बनाएर अलआउट भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा १५९ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ४३ रन र कुशल मल्लले ३५ रन बनाए ।

अब जितका लागि श्रीलंका डेभ्लपमेन्टले ५० ओभरमा १६० रन बनाउनुपर्ने छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्