site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेक अनादरमा ३० दिनको म्याद राख्न नहुने पक्षमा सांसद, पूर्वअर्थमन्त्री भन्छन्– राख्नुपर्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रोसंशोधन), २०८० मा चेक अनादर केसमा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरूले जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रोसंशोधन), २०८० माथि भएको दफावार छलफलमा बोल्ने अधिकांश सांसदहरूले यस्तो माग राखेका हुन् ।

सांसदहरूले चेक अनादर मुद्दाका लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनीहरूले सरकारले कानून बनाउँदा गल्ती गर्नेलाई सहजीकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनुपर्नेमा जोड दिए ।

तर, पूर्वअर्थमन्त्रीहरूले सरकारले सबै मुद्दालाई फौजदारी मुद्दामा जेल हाल्ने काममात्रै भएकाले मेलमिलापको विकल्पका लागि ३० दिनको म्याद राख्दा जायज हुने बताए ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पैसा नभएको बैंक खाताको चेक दिनु भनेको 'फल्ट' गरेको ठहर हुने बताए । उनले ३० दिनको सूचना दिने व्यवस्था राख्न नहुने भन्दै अदालत जाँदासमेत मुद्दा फैसला हुन लामो समय लाग्ने बताए ।

नेकपा (माओवादीकेन्द्र)का सांसद छिरिङ डम्डुल लामाले पैसा नभएको बैंकको चेक काटेर चेक अनादर गर्नेलाई ३० दिनको म्याद नराखेर सिधै कारबाही गर्नुपर्ने बताए । उनले बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानून पीडितको हित र अपराध नियन्त्रण गर्ने गरी बनाउन आवश्यक रहेको बताए । उनले कानूनलाई कडा भन्दा कडा बनाउँदा मात्रै बैंकिङ अपराधहरू रोकिने दाबी गरे । 

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले पनि चेक अनादर अपराधमा पीडितले मुद्दा हाल्न ३० दिनको म्याद राख्न नहुने बताए । उनले अझ त्यस्तो अपराध गर्नेलाई मुद्दा भन्दा पनि सिधा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताए । उनले मुद्दामा जाँदा पनि चेक अनादर मुद्दा पाँच वर्षसम्म फैसला नभएको अवस्था रहेको भन्दै ३० दिनको म्याद दिन नहुने बताए ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले भने पछिल्लो समय चेक अनादरका केसहरू वृद्धि हुँदै गएको बताए । उनले बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक चेक काट्नेहरूलाई सहजिकरण हुने तरिकाले आएको बताए । उनले ३० दिनको म्याद राख्दा चेक दिएर पैसा दिन सक्छ भन्ने गरी व्यवस्था गरिएको देखिएको भन्दै विधेयकले आर्थिक कारोबारलाई सकेसम्म मेलमिलापको बाटोमा जानु ठिक भएको बताए । उनले चेक अनादर हुने बित्तिकै अदालत जाँदा पैसा पाउनुपर्ने मानिसले समेत नपाएको अवस्था रहेको बताए ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पनि बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक रकम प्राप्त गर्नुपर्ने व्यक्तिले पाउनुपर्ने रकम प्राप्त गर्ने सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताए । उनले चेक अनादरको विवाद मिलाउन एक महिनाको समय ठूलो नभएको बताए । उनले एक महिना म्याद राख्नु ठिक हुने बताए ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चेक अनादर गर्ने प्रवृत्ति रोक्ने गरी कानून बन्नुपर्ने बताए । उनले कानून कार्यान्वयनका लागि सहजीकरण हुने गरी कानून बनाउनुपर्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro