site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सारफीको अध्यक्षमा गभर्नर अधिकारी चयन

काठमाडौं । अन्तर्राष्ट्रिय संस्था साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चयन भएका छन् । 

अमेरिकी मुलुक एल्साल्भाडोको राजधानी सान्साल्भाडोरमा जारी एलाइन्स फर फाइनान्सियल इन्क्लिुजन (एफआई)को ग्लोबल पोलेसी फोरमको बैठकले सारफीको अध्यक्षमा गभर्नर अधिकारीलाई चयन गरेको हो ।

राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले भर्चुअल माध्यमबाटै बैठकको अध्यक्षता गरे हुन् । बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीका अध्यक्ष माल्दिभ्सका मनिटरी अथोरिटीमा थिए भने नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सारफीमा नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरु आबद्ध छन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro