site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिभावकको प्रतिबद्धतापछि मात्रै रुस जान विद्यार्थीलाई अनुमति : शिक्षामन्त्री भट्टराई
Tiktok banner adTiktok banner ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययनका लागि रुस जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अनुमतिपत्र दिइने बताएकी छन् । 

बिहीबार सिंहदरबारमा अध्ययनका लागि रुस जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रुसमा युद्ध भइरहेकाले अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने उल्लेख गरिन् ।

रुस र युक्रेनबीचको युद्धका कारण सरकारले रुस जाने तयारीमा रहेका ४० विद्यार्थीको अध्ययन अनुमतिपत्र रोकेको थियो । सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमतिपत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो । 

मन्त्री भट्टराईले रुसमा दुईदेखि ६ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको धारणा राखिन् । विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन् । अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए । 

अध्ययन अनुमतिपत्र लिएर पढ्न गएका विद्यार्थीहरूको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले बताइन् । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमतिपत्र दिन आग्रह गरेका थिए ।  मन्त्रालयका अनुसार रुसमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा पढ्नका लागि ४० विद्यार्थीले छात्रवृति पाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro