site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसीको जितमा आत्मघाती गोल निर्णायक 

काठमाडौं । आत्मघाती गोल निर्णायक बन्दा कोसी प्रदेशले राष्ट्रिय महिला लिग–२०२४ मा लगातार दोस्रो जित निकालेको छ । कोसीले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध २–१ को जित निकालेको हो । 

कोसीलाई जित दिलाउन समीक्षा मगरले गोल गरिन् । कोसीले अर्को एक गोल भने वाग्मतीकी दिव्या यस्माली मगरबाट आत्मघाती उपहार पाएको थियो । वाग्मतीकी विष्णुमाया बलले एक गोल गरेकी थिइन् । 

खेलको २६औँ मिनेटमा विष्णुको गोलमा वाग्मतीले अग्रता बनाएको थियो । तर, वाग्मतीको यो अग्रता लामो समय टिक्न भने सकेन । २९औँ मिनेटमा समीक्षाले गोल गर्दै कोसीलाई खेलमा फर्काइन् । 

५४औँ मिनेटमा दिव्याबाट पाएको आत्मघाती गोलमा कोसीले २–१ को अग्रता बनायो । यही गोल निर्णायक बन्दा कोसीले तीन अंक सुनिश्चित गरेको हो । प्रतियोगितामा लगातार दुई जित निकालेको कोसीले ६ अंक जोडेको छ । समान खेल खेलेको वाग्मतीको भने तीन अंक छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro