site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउदीका लागि प्रस्तावित राजदूतले भने– कतारमा धर्म परिवर्तन गरेर माथिल्लो पदमा पुगेको नेपाली देखेँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । साउदी अरेबियाका लागि नेपाली राजदूतमा सिफारिस भएका नरेशविक्रम ढकालले नेपाल र साउदीलाई धर्मले पनि जोड्न सकिने बताएका छन् । 

संघीय संसद्को संसदीय सुनुवाइ समितिमा बुधबार सुनुवाइका क्रममा उनले साउदी र नेपालका मुस्लिम समुदायलाई जोडेर काम गर्न सकिने बताएका हुन् । 

“म यसअघि कतारको लागि राजदूत हुँदा धर्म परिवर्तन गरेर माथिल्लो पोस्टमा पुगेको केही नेपाली देखेँ” ढकालले भने, “धर्म परिवर्तन गर्न हाम्रो संविधानले त दिँदैन, तर सम्बन्धित धर्मावलम्बीहरूले फाइदा लिन सक्छन् ।” 

सरकारले आफ्नो नाम फेरि राजदूतमा सिफारिस भएकोमा उनले आफूलाई भाग्यमानी रूपमा समितिमा चित्रण गरेका थिए । 
नेपाल र साउदीबीच उच्चस्तरीय भ्रमण नभएकोले आफू राजदूत भए दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने उनले बताए । 

“नेपाल र साउदीबीच श्रम सम्झौता पुनरावलोकन गर्नुपर्ने छ, यसलाई महत्त्वका साथ लिएको छ,” ढकालले कार्ययोजना प्रस्तुत गर्ने क्रममा भने, “साउदीमा नेपाली दूतावासको आफ्नै भवन छैन, भवन बनाउने मेरो योजना छ ।” 

वैदेशिक रोजगारीका क्रममा साउदी जाने नेपालीलाई सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको उनले औंल्याए । साउदीको रहन सहन, संस्कृति, भाषा र कानुन नजान्दा धेरै नेपालीले दुःख पाइरहेको उनले सुनाए ।

“अहिले साउदीका जेलमा ६०० भन्दा बढी नेपाली हुनुहुन्छ,” ढकालले भने । पर्यटन प्रवद्र्धन, व्यापार सन्तुलन, वैदेशिक लगानीलाई विशेष प्राथमिकता दिएर आफू अघि बढ्ने उनले बताए । 

ढकालले कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उनलाई प्रश्न गरेका थिए । “हामी धेरै अभागी रहेछौँ, तपाईं धेरै भाग्यमानी । त्यसैले तपाईं पटक पटक राजदूत हुनुभयो । तपाईंले म कतारमै बसेर चार वर्ष पूरा गर्छु बीचैमा अर्को देशको राजदूत हुन जान्न भन्न किन सक्नु भएन ?,” समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भने । 

जवाफमा ढकालले आफूले राजदूत पद कसैसँग नमागेको बताए । उनले भने, “राजदूत पद मागेर पाउने हो वा होइन मलाई थाहा छैन । यसले राम्रो काम गर्न सक्छ भनेर सरकारले दिएको होला भन्ने मेरो बुझाइ हो ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro