राजनीति
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिएर राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आज बसेको समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरेर सरकारलाई राजदूत सिफारिस गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
समितिले आज परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेको थियो ।
समितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ १९:१८
प्रतिक्रिया दिनुहोस्