site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०८४ को निर्वाचन एक्लै लड्छौँ : प्रधानमन्त्री

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताएका छन् । मंगलबारको पोलिट्ब्युरो बैठकमा ओलीले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका हुन् । 

“०८४ को निर्वाचनमा हामी गठबन्धन गर्दैनौँ । एक्ला–एक्लै चुनाव लड्नेछौँ,” ओलीको भनाइ उद्धृत गर्दै पोलिट्ब्युरो सदस्य विशाल भट्टराईले भने । तर, चुनावपछि आवश्यताअनुसार सत्तासहकार्य हुने भनाइ ओलीको छ ।

ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने बताएका छन् । आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी छ । एक नेताका अनुसार उनले आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेसको निर्णयको स्वागत समेत रहेका छन् । 

कांग्रेस केन्द्रीय समिति बैठकले पनि आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । “कांग्रेसले ०८४ को निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । त्यो स्वागतयोग्य छ । हामी पनि एक्लै लड्नेछौँ । त्यहीअनुसार अघि बढनुपर्छ,” ओलीले बैठकमा भनेका छन् ।

सहमतिअनुसार नै प्रधानमन्त्री पद कांग्रेसलाई हस्तान्तरण गर्ने ओलीले दोहोर्‍याए । केही दिनयता उनले आफ्नो कार्यकाल सकिनु एक हप्ताअघि नै राजीनामा दिने बताउँदै आएका छन् । कांग्रेसलाई विश्वासमा लिएर जान सो कुरा भनिरहेको एमाले नेताहरू नै बताउँछन् । 

आजको पोलिट्ब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार (भोलि) बस्ने बैठकमा पोलिट्ब्युरो सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइनेछ । त्यसपछि वार्षिक कार्ययोजनाबारे निर्णय हुने र समसामयिक प्रस्ताव पारित गर्ने तयारी एमालेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro