site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघको महासभामा मोदीसँग भेटवार्ता गर्ने तयारीमा प्रधानमन्त्री ओली
फाइल तस्बिर ।

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोजमा अमेरिकाको न्युयोर्क जाँदै छन् । 

२५ भदौदेखि १२ असोजसम्म हुने महासभामा सहभागी हुन अमेरिका पुगेका बेला ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्न चाहेका छन् । 

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत संयुक्तराष्ट्रको महासभाका दौरान मोदीसँग भेटवार्ताका लागि समय माग गरेको छ । परराष्ट्र मन्त्रालयले लिखित रूपमै भारतीय प्रधानमन्त्री मोदीको समय मागेको हो ।

यस अगाडि थाइल्यान्डमा हुने बिम्स्टेक शिखर सम्मेलनमा ओली र मोदीबीच भेट हुने तय भएको थियो । तर, उक्त सम्मेलन स्थगित भयो । सामान्यतयः यस्ता ठूला कार्यक्रममा छिमेकी देशका राष्ट्रप्रमुखले कार्यक्रमको बीचमा एकअर्कासँग भेटघाट गर्ने अभ्यास रहँदै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro