site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले दुई विधेयक अर्थ समितिमा दफावार छलफलका लागि पठाएको छ । मंगलबारको बैठकले अर्थ मन्त्रालयले दर्ता गराएका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो ।

यो सँगै अब यी विधेयकमाथि अर्थ  समितिमा छलफल हुनेछ । त्योभन्दा पहिले समितिले संशोधनकर्तालाई आफ्ना भनाइ राख्न दिनेछ ।

हालसम्म यी दुई विधेयकमा संशोधन परेको छैन । धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१ मा इन्साइडर ट्रेडिङ गर्नेलाई कडा कारबाहीदेखि निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्य हटाउने प्रस्ताव गरिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्न अर्थ मन्त्रालयलाई जिम्मेवार बनाउनेसम्बन्धी केन्द्रित छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro