site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मेरिल्यान्डका नेपालीमाझ नेपथ्य  

काठमाडौं । सांगीतिक ब्यान्ड नेपथ्यले आइतबार बेलुकी अमेरिकाको मेरिल्यान्डमा कन्सर्ट गरेको छ । ‘दी हल एट लाइभ’को हलमा नेपथ्यले कन्सर्ट गरेको हो । 

अमृत गुरुङले सुरुमा ‘कोसीको पानी यो जिन्दगानी’ गाएर कार्यक्रम सुरु गरेका थिए । त्यसपछि उनले ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’लगायत लोकप्रिय गीत गाएका थिए । 

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

“आयोजकका रूपमा मेरो जीवनकै यो सबैभन्दा बेस्ट शो भयो,” आयोजक समूहका अभिजित राईले भने, “म आफैँ पनि दर्शकमै मिसिएर कन्सर्टभरि नाचिरहेको थिएँ । कतिपय बेला त खुसीले आँसु थाम्न पनि सकिनँ ।”

अमेरिकामा ६ वटा कन्सर्ट गरिसकेको नेपथ्यले अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि पेन्सिलभानियाको ह्यारिसबर्गमा गर्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro