site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलका लागि प्रस्तावित राजदूतलाई प्रश्न– अदालतबाट दोषी ठहर तपाईं कसरी उच्च नैतिकवान ? 
SkywellSkywell

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिका सदस्यहरूले इजरायलको लागि नेपाली राजदूतमा सिफारिस भएका प्रा. धनप्रसाद पण्डितको ‘नैतिक चरित्र’माथि प्रश्न उठाएका छन् । 

समितिले संसदीय सुनुवाइको लागि पण्डितलाई सोमबार बोलाएको थियो । सोमबारको बैठकमा सुनुवाइ हुँदा बोल्ने अधिकांश समितिका सदस्यले उनको नैतिकतालाई लिएर प्रश्न गरेका थिए ।

“तपाईंलाई अदालतले दोषी ठहर गर्दै १५ हजार रुपैयाँ जरिवाना गरेको छ । सूचनाको हकअन्तर्गत माग गरिएको सूचना नदिएपछि तपाईंलाई जरिवाना गरिएको हो,” समितिका सदस्य डोलप्रसाद अर्यालले प्रश्न गरे, “संविधान उल्लंघन गरेको तपाईंले कसरी आफूलाई उच्च नैतिकवान छु भनेर प्रमाणित गर्नुहुन्छ ?” 

Dabur Nepal
NIC Asia

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ मा राजदूतमा हुनुपर्ने योग्यताबारे व्यवस्था गरिएको छ । उक्त दफामा ‘भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, उच्च नैतिक चरित्र भएको’ व्यक्ति मात्र राजदूत हुन सक्ने उल्लेख छ । 

“तपाईंविरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरीमा पद्मकन्या बहुमुखी क्याम्पस (पिके) क्याम्पसको प्रमुख हुँदा तपाईंले त्यहाँको लागि भनेर ल्याएको रंग, इट्टा आफ्नो घरमा पुर्‍याएको आरोप छ । ल्यापटप खरिदमा भ्रष्टाचार गर्नुभएको भन्ने छ,” समितिका सदस्य अर्यालले भने । 

इजरायलको लागि नेपाली राजदूतमा सिफारिस भएका पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका पूर्वक्याम्पस प्रमुख प्रा. पण्डित अदालतले एक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ (१) बमोजिमको कसुरमा राष्ट्रिय सूचना आयोगले पण्डितलाई १५ हजार रुपैयाँ जरिवाना गरेको थियो । 

राष्ट्रिय सूचना अयोगले २०७८ असोज २० गते गरेको उक्त निर्णय चित्त नबुझेपछि पण्डितले उच्च अदालत पाटनमा २०७८ पुस ५ गते पुनरावेदन गरेका थिए । उच्च अदालत पाटनले राष्ट्रिय सूचना आयोगबाट भएको निर्णयलाई सदर गरेको थियो । यही कुरा संसदीय सुनुवाइ समितिमा सदस्यहरूले उठाएका हुन् । 

“तपाईंलाई जरिवाना भएको कुरा के हो ? प्राज्ञ, क्याम्पस प्रमुख भएर यस्तो गरेको राम्रो देखिएन । सूचनाको हक के कारणले रोक्नु भयो ?,” समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले प्रश्न गरे । 

समितिका सदस्य जीवन परियारले उच्च राजनैतिक चरित्र नभएको व्यक्ति राजदूत हुन नमिल्ने बताए । समितिका सदस्यहरू महेशकुमार बर्तौला र ज्ञानेन्द्रबहादुर कार्कीले पनि सूचना लुकाएको कुरा प्रवेश गरेकोले वास्तविकता समितिसमक्ष राख्न आग्रह गरे । “सूचना लुकाउने काम जानाजान थियो कि अन्जानवश भएको थियो ?,” समितिकी सदस्य इश्वरी घर्तीले प्रश्न गरिन् । 

देशको हित प्रतिकूल नहुने सूचना लुकाएकोमा सदस्य प्रकाश अधिकारीले पनि असन्तुष्टि जनाए । समितिमा बुझाएको कार्ययोजनाले समितिलाई उनले हल्का रूपमा लिएको देखिने अधिकारीले बताए ।  “विद्यार्थीले यस्तै हल्का रूपमा लेखे तपाईं नम्बर दिनुहुन्छ ?,” अधिकारीले प्रा. पण्डितलाई प्रश्न गरे । 

समितिका सदस्य श्यामकुमार घिमिरेले पण्डितको व्यवहार आर्मीको जर्नेलको जस्तो भएको जनाए । उनले अगाडि भने, “तपाईंको व्यवहार आर्मीको जर्नेलको जस्तो रहेछ । जर्नेलजस्तो व्यवहारले त कसरी कूटनीति गर्नुहुन्छ ?” 

समितिका सदस्यहरूरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रा. पण्डितले आफूले सूचना नदिएको तर नलुकाएको बताए । नदिनु र लुकाउनुबीच धेरै भिन्नता रहेको तर्क उनले गरे । 

“म क्याम्पस प्रमुख भएको बेला सूचना माग भएको थियो । मैले लेखालाई सोध्दा दिन मिल्दैन भने । टीयूको कानुन शाखामा परामर्श गर्दा पनि नदिनू भन्ने जवाफ आयो । यसैकारण सूचना नदिएको हो, लुकाएको होइन,” प्रा. पण्डितले भने ।

उच्च अदालतको फैसलाविरुद्ध आपूm सर्वोच्च अदालत गएको उनले जनाए । सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण १५ हजार जरिवानाका विषयमा धेरै बोल्न नमिल्ने उनले बताए । 

“म क्याम्पस प्रमुख हुँदा केही प्राध्यापकले बाहिर पढाउँदै हिँड्ने तर सरकारी क्याम्पसमा नपाउने गरे । हाजिर मात्रै गरेर तलब लिने काम गरे । त्यस्तो गर्नेलाई मैले कि पढाउन आउ होइन भने राजीनामा गर भने । यस्तो गर्दा के म जर्नेल भएँ,” प्रा. पण्डितले जवाफ थियो ।

संसदीय सुनुवाइमा उनको प्रस्तुतीलाई लिएर धेरै सदस्यले आपत्ति पनि जनाए । उनको हाउभाउ र बोली ‘अभद्र’ भएको बुझाइ धेरैको थियो । “तपाईं राजदूतभन्दा पनि मन्त्री हुन लायक देखिनुहुन्छ । कूटनीतिमा परिणाम दिनुपर्छ, कुरा कम गर्नुपर्छ,” व्यङ्ग्य गर्र्दै समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने । 

अर्का सदस्य श्याम घिमिरेले पनि प्रा. पण्डितलाई भाषा कूटनीतिक शैलीको बनाउन सुझाव दिए । समितिका सदस्य प्रकाश अधिकारीले प्रस्तुतिमा परिवर्तन गर्न सुझाए । 

“लेखन कूटनीति गर्नु भएको रहेछ, अब व्यवहार पनि कूटनीतिक अपनाउनु होला,” समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले प्रा. पण्डितलाई बैठक सकिएपछि जान अनुमति दिँदै भनिन् । प्रा. पण्डितले सुनुवाइका क्रममा आफूले कूटनीतिसम्बन्धी एउटा पुस्तक समेत लेखेको बताएका थिए । त्यसैलाई जोडेर समितिकी सभापतिले उनलाई कूटनीतिक व्यवहार सिक्न आग्रह गरेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu