site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मनाङे भन्छन्– अब मन्त्री बन्न पुगिसक्यो, एउटा गाडीमा झन्डा हल्लाएर के काम ?

काठमाडौं । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आफू सरकार टिकाइदिन मन्त्री बनेको बताएका छन् । वन मन्त्रालय पाएपछि असन्तुष्ट बनेका मनाङेले सोमबार नै पदबाट राजीनामा दिएका छन् ।

सोमबार नेकपा (एमाले) सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहेका मनाङेले वन तथा वातावरण मन्त्रालय पाएका थिए ।

राजीनामा दिएपछि सञ्चारकर्मीहरूसँग मनाङेले भने, "म मेरा लागि मन्त्री बनेको होइन । यो सरकार टिकाइदिनका लागि बनेको हो, सरकार त टिकाइ दिनुपर्‍यो ।"

उनले अब आफूलाई मन्त्री बन्न पुसकेको पनि बताए । "अब चाहिँ म मन्त्री नबन्ने, मलाई पुगिसक्यो । ...मन्त्रीमात्र बनेर के हुन्छ ? एउटा गाडीमा झन्डामात्र हल्लाएर काम छैन । मान्छेलाई बेकुफ बनाएको जस्तो मात्रै हो," उनले भने ।

 

उनले आफूले कांग्रेस र एमाले दुवै दलको सरकार बनाइदिएकाले उनीहरू रिसाउन नपाउने बताए ।

"अब बल्ल म स्वतन्त्र भएँ । एमालेका लागि पनि सरकार बनाइदिएँ । त्यसैले एमाले पनि मसँग रिसाउन पाउँदैन । कांग्रेसलाई पनि सरकार बनाइदिएकै हो, उनीहरू पनि रिसाउन पाउँदैन । म स्वतन्त्ररूपले बस्छु," उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro