site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाली बजारमा ८० प्रतिशत ईभी चिनियाँ, यी हुन् प्रमुख ब्रान्ड

काठमाडौं । नेपाली बजारमा सबैभन्दा धेरै चिनियाँ विद्युतीय सवारी (ईभी) ब्रान्ड देखिएका छन् । हालै सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएनसनको नाडा अटो शोमा पनि चिनियाँ ईभी ब्रान्डकै वर्चश्व देखिएको छ । 

विभिन्न तथ्यांकअनुसार विश्वकै ईभी बजारमा चीनको हिस्सा आधाभन्दा बढी छ । नेपालमा भने ब्रान्ड संख्याका आधारमा हेर्ने हो भने करिब ८० प्रतिशत चिनियाँ ईभी देखिएका हुन् ।

नाडा अटो शोकै तथ्यांकलाई आधार मान्ने हो भने पनि चिनियाँ ईभी ब्रान्डको बाक्लो उपस्थिति देखिन्छ । नेपालमा सबैभन्दा धेरै चर्चामा रहेको चिनियाँ ईभी ब्रान्ड बीवाईडी, दिपल, स्काईवेल, नेटालगायत नै हुन् ।

अन्य देशका चर्चित ब्रान्डमा पहिलो भारतीय टाटा मोटर्स छ । यस्तै, बेलायतमा स्थापित हाल चिनियाँ सरकारी स्वामित्वको कम्पनी एसएआईसीको नियन्त्रणमा रहेको एमजी, दक्षिण कोरियाली ब्रान्ड हुन्डाई र किया एवं फ्रान्सेली ब्रान्ड सिट्रोनका ईभी नेपाली बजारमा छन् ।

सबैभन्दा धेरै चिनियाँ
चीन बाहिरका केही ब्रान्डबाहेक नेपालमा दुई दर्जन बढी चिनियाँ ईभी ब्रान्ड छन् । तीमध्ये नाडा अटो शोमा देखिएका ब्रान्डमा बीवाईडी, दिपल, स्काईवेल, नेटा, आयोन, सेरेस र डोङफेङको नामी छ । यस्तै, लिपमोटर, रिड्डारा, एक्स–पेंङ, अवतार, जिकर, ओमोडा, केई, जेकु, वुलिङ र बीएडब्ल्यू ईभी ब्रान्ड नाडा अटो शोमा प्रर्दशनीमा थिए ।

विश्वकै सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता कम्पनी पनि चीनमै छ । चीनको सीएटीएल कम्पनीले उत्पादन गर्ने ईभी ब्याट्रीहरू विभिन्न ब्रान्डले प्रयोग गर्छन् ।

सीएटीएलकै ब्याट्री विश्वका अन्य प्रख्यात ब्रान्ड टेस्ला, भोक्सवागन, बीएमडब्ल्यू लगायतले पनि प्रयोग गर्छन् । ईभीको एक महत्त्वपूर्ण हिस्सा ब्याट्रीको उत्पादन चीनमै हुँदा सीएटीएलकै ब्याट्री प्रयोग गरेर त्यहाँ धेरै ईभी ब्रान्ड उदाइरहेको देखिन्छ ।

नेपालमा बढी जसो चिनियाँ ब्रान्ड भित्रिँदै गर्दा यी गाडीको गुणस्तरको विषयलाई लिएर टिप्पणी हुने गरेको छ । तर, नेपाल भित्रिने गाडीहरूको गुणस्तर मापन गर्ने काम सरकारले गरेको छैन । यस्तो कस्तो र कुन किसिमका गाडीहरू मात्रै भित्र्याउन पाइने भन्ने किसिमको मापदण्ड पनि छैन ।

यी ब्रान्डका नेपालका लागि आधिकारिक वितरक कम्पनीहरूले उच्च सुरक्षा, गुणस्तर र क्षमता भएका गाडी भित्र्याउने बताउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro