site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीलाई एक्लै चुनाव जित्न सक्ने अवस्थामा पुर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको छ । आइतबार सकिएको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार, बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।

Dabur Nepal
NIC Asia

महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमा सोही दिशामा अघि बढ्ने निर्णय भएको प्रवक्ता महतले बताए ।

कांग्रेसको संगठनलाई चुस्त, दुरुस्तरूपमा गाउँगाउँमा पुर्‍याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको छ । त्यसका लागि सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिनेबारे निर्णय भएको छ ।

त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको उनले बताए ।

महाधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित 'एक्जिट पोलिसी'को सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको महतको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro