अर्थ व्यवसाय
काठमाडौं । नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको पञ्च ईभीका चार दिनमा ३२८ बुकिङ भएको छ । पञ्च ईभीको नाडाको बाँकी दुई दिन पनि उपभोक्ताहरूको बाक्लो उपस्थित रहने विश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।
टाटा पञ्च ईभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । यो सुरुआती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्नेछन् ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै, नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ । नाडा अटो सो आज सकिँदैछ ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १३:२३
प्रतिक्रिया दिनुहोस्