site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
यशस्वीले गर्‍यो पुरस्कारका निम्ति पाँच पुस्तक छनोट

काठमाडौं । यशस्वी प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधामा ‘यशस्वी पुस्तक पुरस्कार’का निम्ति पाँच पुस्तक छनोट गरेको छ ।

‘यशस्वी पुस्तक पुरस्कार’ काव्यतर्फ कवि देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, आख्यानतर्फ मुना चौधरीको ‘लार’, गैरआख्यानतर्फ संयुक्त रूपमा मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष रन्जना निरौलाले जानकारी दिइन् ।

यस्तै, अंग्रेजी भाषातर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ छनोट गरिएको छ । 

पुरस्कारका साथ नगद राशि जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro