site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको बूढानीलकण्ठमा ‘अति भारी’ वर्षा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ आसपास ‘अति भारी’ वर्षा भएको छ । शनिबार बेलुका त्यहाँ अति भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

वर्षासँगै विष्णुमती, धोबीखोला र आसपासका साना खोलामा जलसतह एक्कासि बढ्न सक्छ । खोला आसपास आइतबार (भोलि) बिहानसम्म सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भदौ १५ राति ८ः३० बजे । पछिल्लो एक घण्टा काठमाडौंको बूढानीलकण्ठ र आसपास अति भारी वर्षा मापन भएको र थप हुन सक्ने देखिएकाले वाग्मतीको सहायक नदीहरू विष्णुमती, धोबीखोला र आसपासका स–साना खोलामा जलसतह एक्कासि बढ्न सक्ने भएकाले खोला आसपास बिहानसम्म  सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

fasggdm-1725122759.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro