site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘बंगलादेशले हसिनालाई भारतबाट फिर्ता ल्याउन आग्रह गर्न सक्छ’
शेख हसिना । फाइल तस्बिर ।
SkywellSkywell

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका निम्ति आग्रह गर्न सकिने बंगलादेशका अधिकारीहरूले बताएका छन् ।

बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले उनलाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताएका हुन् । यसले भारत सरकारलाई अप्ठ्यारोमा पार्न सक्ने उनले उल्लेख गरे ।

ढाकामा रोयटर्स टीभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भनेका छन्, “उहाँका विरुद्धमा धेरै मुद्दाहरू छन् । उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ । यदि, गृह मन्त्रालय र कानुन मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बंगलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ ।”

Dabur Nepal
NIC Asia

उनले अगाडि भनेका छन्, “भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ, उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन् ।”

बंगलादेशमा आन्दोलनमा उच्च सहभागिता र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना यही अगस्ट ५ मा हेलिकोप्टरमार्फत भारत पुगेकी थिइन् । त्यसपछि बंगलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै त्यसको खारेजीका निम्ति आन्दोलन थालेका थिए । त्यो आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उनीविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो ।

ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा मानवअधिकार उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार, मानवअधिकार उल्लंघनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकार पूर्वप्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति ‘निकै दुःखी’ छ । यसबारे भारतीय राजदूतलाई एक भेटमा अवगत गराइएको वर्तमान् सरकारका विदेश मामिला सल्लाहकार होसेनले बताए ।

होसेनले रोयटर्स टीभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “पूर्वप्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ । मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु ।”

उनले रोयटर्स टीभीसँगको अन्तर्वार्तामा अगाडि भनेका छन्, “मैले प्रेसलाई पनि भनेको छु कि हामी पारदर्शी सम्बन्धमा विश्वास गर्छौँ । त्यसैले हामीले यो सन्देश दिएका हौँ । वास्तवमा त्यहाँ केही गोप्य आधारहरू हुन सक्छन् । हामी आशा गरौँ कि उनीहरूले सम्बन्धमा दरार आउने गतिविधिबारे सोचविचार गर्नेछन् ।”

होसेनले सेप्टेम्बरसम्ममा बंगलादेशमा निर्वाचनको सम्भावनाबारे जानकारी आउने बताए । उनले भनेका छन्, “सल्लाहकार परिषद्‌मा रहेका मेरा सबै सहकर्मीहरू वातावरणलाई सामान्य अवस्थामा फर्काउने काममा निकै व्यस्त छन् । मलाई लाग्छ, सेप्टेम्बरदेखि सबै कुरा सामान्य हुनेछ । सामान्य अवस्था र सामान्य काम गर्ने तरिका सुरु हुनेछ ।”

रोहिंग्यालाई शरण दिने विषयमा होसेनले बंगलादेशले आफ्नो हिस्साभन्दा बढी काम गरेको र थप उनीहरूलाई प्रवेश गर्न दिन सक्ने अवस्थामा नरहेको बताए । उनले भारतलगायत अरू देशले पनि यसको जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।

उनले भने, “हामी थप रोहिंग्या प्रवेश गर्न दिन सक्ने अवस्थामा छैनौँ । यो एउटा मानवीय मुद्दा हो, जसले बंगलादेशलाई मात्र होइन, पूरै विश्वलाई समेटेको छ । हामीले आफ्नो हिस्साभन्दा बढी काम गरेका छौँ र यसको जिम्मा विश्वले लिनुपर्छ ।”

अन्तवार्तामा होसेनले अगाडि भनेका छन्, “अरू देशहरूले उचित देशहरूमार्फत अहिले रखाइन राज्यको मुख्य अभिनेता अराकान सेनामाथि दबाब दिनुपर्छ ।”

ढाका ट्रिब्युनको रिपोर्टअनुसार बंगलादेशको अन्तरिम सरकारले हसिना, उनका सल्लाहकार, क्याबिनेटका पूर्वसदस्यहरू र १२औँ राष्ट्रिय संसद्का सबै सदस्यको राहदानी रद्द गरेको छ ।

बंगलादेशको अन्तरिम सरकारले आफ्ना पति वा पत्नी र छोराछोरीको कूटनीतिक राहदानी पनि तत्काल प्रभावी हुने गरी रद्द गरेको ढाका ट्रिब्युनले जनाएको छ ।

हसिनाले आफ्नो पदबाट राजीनामा दिएपछि बंगलादेशमा तरल राजनीतिक परिस्थिति उत्पन्न भएको छ । अगस्ट ५ यता हसिना भारतमा बस्दै आएकी छन् ।

अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएका थिए । सरकारका अरू १७ सदस्यले ढाकामा आयोजित एक समारोहबीच शपथ लिएका थिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu