site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ– १७ हजार मान्छे मारेको छैन, खुट्टा कमाउँदिनँ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन् । शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन गर्दै उनले ‘नेपाल श्रीलंका र बंगलादेशजस्तै हुन सक्ने’ धम्कीबाट आफू नडराउने पनि बताए ।

‘श्रीलंका र बंगलादेशबाट सिक’ भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै उनले ‘आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने’ जवाफ दिए । नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरूले नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए । आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूमाथि पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको उनको भनाइ थियो ।

आफूलाई पदको कुनै लोभ नभएको उनले जिकिर गरे । सहमतिअनुसार आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनुअघि नै सहज रूपमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए ।

उनले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने विषय सामाजिक अराजकता मात्र भएको टिप्पणी गरे । यसले समाजलाई बेथितितर्फ लैजाने उनले बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन हुने गरी गरिने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनी रूपमा रोक्ने स्पष्ट पारे । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro