site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचथर विस्फोट : मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग 

विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । 

शुक्रबार बसेको कोसी प्रदेशसभाको बैठकमा प्रदेश सांसद मैया श्रेष्ठले घटनामा परी घाइते बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । “सशस्त्र द्वन्द्वकालको बाछिटाको रूपमा विस्फोट हुँदा अवोध बालबालिकाको मृत्यु भएको छ, उनीहरूका परिवारलाई राज्यले नै उचित क्षतिपूर्ति दिनुपर्छ,” सांसद श्रेष्ठले भनिन् । 

उनले चट्याङलगायत प्राकृतिक विपद्मा परी घाइते भएकाहरूलाई उचित उपचार र मृतकका परिवारलाई पनि क्षतिपूर्ति दिनुपर्ने बताइन् ।

बिहीबार पाँचथरमा भएको घटनामा दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको थियो ।

स्थानीय आइतराज केरुङको घरमा हिजो भएको विस्फोटमा परेर चारजना बालबालिका घाइते भएका थिए । ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको बताइएको छ ।
 
प्रहरीका अनुसार ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट भएको थियो । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ  ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro