site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचथर विष्फोट घटना : मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घटनाको छानबिन गर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पाँचथर विष्फोटको घटनामा परेका परिवारलाई क्षतिपूर्ति दिन र घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँस्थित आइतराज केरुडको घरमा बिहीबार विष्फोटक पदार्थ विष्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान गएको थियो । विष्फोटमा १० वर्षीय पवन राई र सात वर्षीय दिपशन राई घाइते भएका छन् ।

आयोगको कोसी प्रदेश कार्यालयले घटनाको अनुगमन गरिरहेको बताउँदै आयोगले भनेको छ, "आयोगले पटकपटक यस प्रकारका विष्फोटक पदार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिससमेत गरेको सन्दर्भमा विष्फोटको घटनाबाट बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना हुनु अत्यन्त दुःखद हो ।"

घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न र घाइतेलाई उपचारको व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, "निर्दोष बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र जथाभाबी छोडिएका यस्ता विष्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro