site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिलाई सर्वसाधारणले के दिए सुझाव ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सर्वसाधारणले गैरजिम्मेवारीपन बढेको भन्दै अविभावकत्व लिन सुझाव दिएका छन् । धेरै नागरिक लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेताहरूको गैरजिम्मेवारीका कारण संकटमा पर्न लागेको भन्दै उनीहरूले अविभावकत्व लिन आग्रह गरेका हुन् । 

महिनामा एकपटक सार्वजनिकस्थलमा जाने कार्यक्रम राखेका राष्ट्रपति पौडेल शुक्रबार भक्तपुर दरवार क्षेत्रको भ्रमणमा पुगेका थिए । त्यहाँ रहेको सर्वसाधारणले राष्ट्रपतिलाई अविभावकत्व लिन आग्रह गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राष्ट्रपतिज्यू हाम्रो धेरै ठूलो संघर्षबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरूको गैरजिम्मेवारीले प्रश्न उठ्दैछ,” दरवार क्षेत्रमै उपस्थित एक सर्वसाधारणले भने, “तपाईं यो देशको अविभावक हो । नेताहरूको गैरजिम्मेवारी रोक्न पहल गरिदिनुस् ।” 

जवाफमा राष्ट्रपतिले आफूले शासन गर्ने नेताहरूलाई ध्यानाकर्षण गराउने बताए । “शासन सम्हालेका नेताहरू लाई म भन्नेछु,” राष्ट्रपतिले यतिमात्र जवाफ फर्काएका थिए । 

राष्ट्रपति पौडेले राष्ट्रिय सम्पदाको निरीक्षण, सर्वसाधारणको जीवन शैली, नागरिकको अवस्थासहितका विषयमा थप जानकारी लिनेगरी प्रत्यक महिना एउटा सार्वजनिक स्थलमा जाने कार्यक्रम बनाएर आज भक्तपुर दरवार क्षेत्र पुगेका हुन् । उनले हरेक महिना नयाँ क्षेत्रमा जाने कार्यक्रम बनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्