site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिनिसियसको गोलमा हारबाट जोगियो रियाल 

काठमाडौं । स्टार खेलाडीले भरिएको रियाल मड्रिड स्पेनिस ला लिगामा पुनः रोकिएको छ । ला लिगाअन्तर्गत बिहीबार राति लास पाल्मासले रियाललाई १–१ को बराबरीमा रोकेको हो ।

ग्रान कानारियामा अल्बर्टो मोलेइरोले गोल गर्दै पाल्मासलाई अग्रतामा राखेका थिए । तर, ६९औँ मिनेटमा पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले सदुपयोग गरेपछि रियालले हार टारेको हो ।

ला लिगाका तीन खेल खेल्दा रियाल दोस्रोपटक बराबरीमा रोकिएको हो । लिगको पहिलो खेलमा रियाल मायोर्कासँग १–१ को बराबरीमा रोकिएको थियो । रियालले दोस्रो खेलमा भालाडोलिडविरुद्ध ३–० को जित निकालेको थियो ।

तीन खेलबाट पाँच अंक जोडेको रियाल तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट दुई अंकको पाल्मास १६औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro