राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेसागत तथा बुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् ।
उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् । विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनी भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १९:०३
प्रतिक्रिया दिनुहोस्