
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तीनजना नेतालाई वरिष्ठ नेता बनाएको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
महाधिवेशनअघिका उपाध्यक्ष भुसाल र हमाल पदाधिकारी निर्वाचनमा सहभागी भएका थिएनन् । बस्नेतले भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई समर्थन गर्दै उमेदवारी फिर्ता गरेका थिए ।
अध्यक्ष माधवकुमार नेपालले दिएकाे आश्वासनअनुसार उनीहरूलाई वरिष्ठ नेता बनाइएको हो ।
यसैगरी, बैठकले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा सबै पदाधिकारी रहेको उपनिर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
बैठकबाट एकीकृत समाजवादीले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने धारणा बनाएको छ । त्यस्तै, वाम एकताको पक्षमा पनि रहेको जनाएको छ ।