site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२७ दिनमा थपिए दुई हजार ९७६ डेंगी संक्रमित

काठमाडौं । पछिल्ला २७ दिनमा देशभर दुई हजार ९७६ जना डेंगी संक्रमित थपिएका छन् । १ देखि २७ अगष्टसम्म सो संख्यामा संक्रमित भएका हुन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

योसँगै देशभर डेंगी संक्रमितको संख्या पाँच हजार ५८९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  

गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ४४० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ ।  

यस्तै, कास्कीमा ५३६, चितवनमा ४६८, काठमाडौंमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६० र मकवनापुरमा १११ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro