site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यभोटेकोसीको प्रसारणलाइन निर्माणमा सहमति

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा सहमति जुटेको हो ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटरमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो । २२० केभी सिंगल सर्किट प्रसारणलाइनका निम्ति १३ टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकेको थिएन ।

उक्त दुई किलोमिटरमा पर्ने प्रसारणलाइनको मार्गधिकार (राइट अफ वे)मा १२४ जग्गाधनीको जग्गा पर्छ ।

बुधबार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेलगायत सहमति भएको छ ।

मन्त्रीसहितको टोलीले बाह्रबिसे सबस्टेसन र मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण समेत गरेको प्राधिकरणले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro