site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । 

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गरेका हुन् ।  

उक्त विधेयक संघीय संसद्का दुवै सदनबट पारित भइसकेको छ । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो । 

सभामुखले प्रमाणित गरेको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको मान्यता पाउनेछ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro