site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने उल्लेख गरे ।

उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्ने भन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने धारणा राखे । घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने उनको भनाइ थियो ।

"विद्युतीकरण र विद्युत् उपभोक्ता चाहीँ ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहिँ कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी बक्यौतालाई स्पष्ट रूपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाउ भनेर समय, सीमा तोकिदिने । र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने शिवाय लेखा समितिले अरु कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नु हुन्न भन्ने अडानमा म छु," उनले भने ।’

सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro