site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने विधेयक फिर्ता गर्न सत्तारुढ सांसदको माग  

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्ष हदम्याद राख्ने विधेयक फिर्ता लैजान सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा आज उनले यो विधेयक भ्रष्टाचारसम्बन्धि विधेयकमा पाँच वर्ष हदम्याद राख्नु दुर्भाग्यपूर्ण भएको बताए । “भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्ष राख्ने काम गरेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । यो केको निम्ति ल्याइएको हो ?,” उनले प्रश्न गरे, “लोकतन्त्र, सुशासन, समाजिक न्याय, विकासका निम्ति ल्याइएको हो ? यो कसको निम्ति ल्याइएको हो ।”

भ्रष्टाचारीलाई उन्मुक्ति दिन उक्त विधेयक ल्याइएको भन्दै फिर्ता गर्न उनले माग गरे । “यो विधेयकले भ्रष्टाचारबाट उन्मुक्ति दिने, भ्रष्टाचारलाई प्रोत्साहान गर्ने भएकाले तत्काल फिर्ता गरियोस्, यदि यो सरकार सुशासनको पक्षमा छ भने,” उनले भने । 

उनले भ्रष्टाचारीको रक्षा नै गर्ने भए सदनलाई संसद्को विवेकको मत दिने अधिकार प्रारम्भ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । केसीले सदनमा उठेका र चर्चित भ्रष्टाचार काण्डको छानबिनका लागि प्रधानन्याधीशको नेतृत्वमा न्याययिक आयोग गठनको माग समेत गरे । 

केसीले सरकरालाई तत्काल साझा न्यूनतम कार्यक्रम ल्याउन पनि माग राखे । “अहिलेसम्म साझा न्यूनतम कार्यक्रम प्रस्तुत नहुनु राम्रो कुरा होइन । तत्काल साझा न्यूनतम कार्यक्रम प्रस्तुत होस्,” उनले भने ।
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro