site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वविजेता राडुकानु पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं । ब्रिटिस टेनिस स्टार इम्मा राडुकानु वर्षको चौथो ग्रान्डस्लाम यूएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् ।

पूर्व विजेतासमेत रहेकी राडुकानुलाई पहिलो चरणमा सोफिया केनिनले स्तब्ध बनाएकी हुन् । केनिनले राडुकानुविरुद्ध ६–१, ३–६, ६–४ को स्कोरमा पराजित गरिन् । राडुकानुले सन् २०२१ को संस्करण जितेकी थिइन् ।

यस वर्ष यूएस ओपनअघि राडुकानुले विम्बल्डनमा प्रतिस्पर्धा गरेकी थिइन् । विम्बल्डनमा पनि राडुकानु क्वार्टरफाइनलबाट अघि बढ्न सकिनन् ।

२१ वर्षीय राडुकानु हारपछि भावुक बनेकी थिइन् । “म अझै धेरै खेलहरू खेल्न चाहन्छु । यो आगामी वर्षका लागि सिकाइ हो,” उनले भनिन् ।

ओलम्पिक नखेल्ने निर्णय लिएकी राडुकानुले डब्लूटीए र सिनसिनाटी पनि गुमाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro