site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । 

सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । अरु पदमा भने चुनाव हुने भएको छ ।

एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए ।

निर्वाचन समितिका प्रमुख माधव पौडेलका अनुसार पाण्डे निर्विरोध भएका छन् । उपमहासचिव पदमा  एकजनाले नाम फिर्ता लिएका छन् ।  उमेदवारी फिर्ताको समय दिउँसो १ः३० बजेसम्म थप्ने तयारी समितिको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro