site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उमेदवारी, अरू पदमा यी हुन् प्रतिस्पर्धी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्ष पदका निम्ति राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उमेदवारी दर्ता गराएका छन् । महिला उपाध्यक्षतर्फ जयन्ती राई र रामकुमारी झाँक्रीले उमेदवारी दिएका छन् ।

मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह र रामचन्द्र झाको उमेदवारी परेको छ । खुला उपाध्यक्षतर्फ चारजनाका निम्ति ११ जनाले उमेदवारी दिएका छन् । खुला उपाध्यक्षका उमेदवारमा यसअघिका उपमहासचिवहरू गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, विजय पौडेललगायत छन् ।

उपमहासचिव चार पदका निम्ति २० जनाले उमेदवारी दर्ता गराएका छन् । जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, हरि पराजुलीलगायत उक्त पदका उमेदवार छन् ।

सचिव दलिततर्फ तीन, आदिवासी जनजातिमा तीनजनाले उमेदवारी दिएका छन् । सचिव खुला पाँच सदस्यका निम्ति २७ जनाले उमेदवारी दर्ता गराएका छन् ।

एकीकृत समाजवादीमा वरिष्ठसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए ।

पोलिटब्युरो सदस्यका निम्ति पनि विभिन्न नेताले उमेदवारी दर्ता गराएका छन् ।

उमेदवारको सूची हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro