site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

गाजा । गाजाको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निसाना बनाउँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायली सेनाले आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएको थियो । यससँगै कुल मृतकको हुनेको संख्या ४० हजार ४३५ पुगेको छ । यस्तै, ९३ हजार ५३४ घाइते भएका छन् ।

मृतकको हुनेको संख्या बढ्दै जाँदा गाजापट्टीका प्यालेस्टिनीहरूले बढ्दो गम्भीर मानवीय संकटको सामना गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २३:४३
प्रतिक्रिया दिनुहोस्