site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा शक्तिशाली चक्रवातको चेतावनी

टोकियो । जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ । मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवा अवरुद्ध भएको छ । भारी वर्षाले प्रशान्त तटमा क्षति पुगेको छ ।

यो क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख थियो । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro