site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिमताल फुट्नबाट जोगाउन सकिन्छ : सांसद गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

समयमा नै ध्यान दिइए हिमताल जोगाउन सकिने उनले उल्लेख गरे । उनले त्यसको जोखिम कम गर्न सकिने बताए ।

“हिमताल जोगाउन सकिन्छ । फुट्नबाट जोगाउन सकिन्छ । जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्न सक्ने व्यक्तिहरूले नेतृत्व गर्नुपर्छ,” उनले भने ।

सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आमनागरिकमा त्रास फैलिएको उनले सुनाए । अझै ६ हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने उनको भनाइ थियो ।

“सोलुमा हिमताल फुट्यो, नोक्सान भयो । श्रद्धाञ्जली दिनेभन्दा केही गर्न सकिएन,” उनले भने, “६ वटा ताल तुरुन्तै फुट्नेवाला छ । आतंकित बनाएको छ त्यहाँ । तर, त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खाली समयमा मसँग भेट गरौँला ।”

नेपालमा प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको पनि उनले बताए । “नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ,” उनले भने, “सडक दुर्घटना बढ्यो । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ, निर्माणको कारणले होइन ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro