site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनकोसीमा गाडी दुर्घटना : घाइते ‘डिस्चार्ज’, तीनजना अझै बेपत्ता
तस्बिर : रासस ।

काठमाडौं । सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना अझै भेटिएका छैनन् । शनिबार बेलुका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सडकबाट प्रदेश३ख ०२३च ६३६६ हाइलक्स गाडी सुनकोसीमा खसेको थियो ।

उक्त गाडीमा चारजना सवार थिए । तीमध्ये एकजना उपचारपछि ‘डिस्चार्ज’ भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं डीएसपी अनिल खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भई उपचारपछि डिस्चार्ज हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका २७ वर्षीय सुशान्त कक्षपति छन् । सिन्धुलीकै खुर्कोटस्थित अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएका डीएसपी खड्काले बताए ।

उनले आफूले हाम फालेर ज्यान जोगाएको बताएका छन् । हाल उनी प्रहरीको सम्पर्कमा छन् ।

बेपत्ताको खोजीकार्य जारी छ । बेपत्ता हुनेमा गाडी चालक सूर्यविनायक नगरपालिकाकै ३२ वर्षीय अबिन बके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरू चारैजना साथी रहेका र खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरी फर्कंदै गर्दा दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ६०–६५ मिटर तल सुनकोसीमा खसेर बेपत्ता भएको थियो । जीप भेटेर आइतबार बिहान करिब २ बजे नदी किनारामा ल्याइए पनि त्यसमा सवार तीनजना फेला नपरेको डीएसपी खड्काले बताए ।

“घाइते (सुशान्त कक्षपति)ले गाडीमा अगाडि बसेका चालकसहित दुईजनाले सिटबेल्ट लगाएको बताएका थिए,” उनले बाह्रखरीसित भने, “त्यही आधारमा उहाँहरू गाडीभित्र भेटिने अनुमान थियो । तर, भेटिएन ।”

बेपत्ताको खोजीमा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोरसहितको टोली खटिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro