देश
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८, ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । शनिबार फुटबल खेलेर उनीहरू नुहाउन गएका थिए । कोइलीखोलाको भूतेरहमा डुबेर दुई किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटाको मृत्यु भएको हो । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्याइएको थियो । अस्पतालले मृत घोषित गरेको जनाइएको छ । रासस
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ २०:५५
प्रतिक्रिया दिनुहोस्