site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यो भ्रष्टाचारीहरूको सरकार हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई कसैले फुटाउन नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलामा उनले प्रतिक्रियावादीले पटक–पटक पार्टी फुटाउने षड्यन्त्र गरेको उल्लेख गरे । तर, कसैले फुटाउन नसक्ने उनको भनाइ थियो ।

फुटेर गएका माओवादी पनि केही समयपछि एकताबद्ध हुने भन्दै उनले यसका निम्ति वार्ता भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउँदै अघि बढाउन सके आउँदो निर्वाचनमा ०६४ सालको हैसियतमा पुग्न सकिने धारणा राखे ।

भ्रष्टाचारविरुद्ध अभियान थालेकाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको उनले जिकिर गरे । हाल भ्रष्टाचारीको सरकार भएको उनले आरोप लगाए ।

“...देख्दाखेरि त नेपाल कांग्रेस र एमाले नेताहरूले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रूपमा, तर त्यो मात्रै हो । सारचाहिँ यो देशका दलाल पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरू, जालीफटाहाहरूले तिनीहरू (कांग्रेस–एमाले)लाई आफ्नो प्रतिनिधिका रूपमा शृंगारपटार गर्न यो सरकार बनाइएको हो,” उनले भने, “त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूको रक्षाको निम्ति बनाइएकै सरकार हो ।”

उनले अँध्यारोमा रमाउनेलाई उज्यालो मन नपरेको टिप्पणी गरे । अँध्याराका पक्षपातीले विद्युत्को महसुल बक्यौतामा विवाद निकालेको उनको भनाइ थियो ।

संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षड्यन्त्र माओवादी रहँदासम्म सफल हुन नदिने उनले स्पष्ट पारे ।

उनले आत्मसमीक्षाका साथ जनताका घरघरमा जान र माओवादीले गरेका कामका बारेमा जानकारी गराउन नेता–कार्यकतालाई निर्देशन समेत दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro