site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
तिज कसरी मनाउने विषयमा अन्तर्क्रिया

काठमाडौं । नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग तथा मोतीदेवी स्मृति केन्द्रको आयोजनामा ‘तिज कसरी मनाउने ?’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार पुतलीसडकमा आयोजित कार्यक्रममा साहित्यकार डा. रजनी ढकालले ‘आजको सन्दर्भमा तिज कसरी मनाउने’ विषयक अवधारणापत्र प्रस्तुत गरिन् ।

अवधारणापत्र प्रस्तुत गर्दै तिज लोकप्रिय संस्कृतिका रूपमा स्थापित रहेकोले यसमा सबै चेलीबेटी रमाउन चाहने उल्लेख गरिन् । नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्म तिज गीत गाउने परम्पराको पनि चर्चा गरिन् ।

उनले आफ्ना केही बाल्यकालीन प्रसंगहरूको स्मरण गर्दै त्यस बखतका तिज गीतले महिलाका जीवनका अनेकन बिम्बहरूलाई प्रस्तुत गर्दै आएको बताइन् ।

उनले आमसञ्चारले अहिलेका अश्लील तिज गीतहरूलाई बढावा दिएको भन्दै त्यस्ता गीतहरूमा सरोकारवाला निकायबाट नियन्त्रण गरिनुपर्नेमा जोड दिइन् ।

उनले तिज र सामाजिक सांस्कृतिक सन्दर्भ, तिजकोे मौलिकताको चर्चा गर्दै यस विषयमा अझ बृहत् छलफल हुनुपर्नेमा जोड दिइन् ।

सञ्चारकर्मी आरती चटौतले चाडपर्वमा एक किसिमको मनोविज्ञान जोडिने प्रसंग उठाउँदै परिवर्तनका लागि मनोविज्ञानमा समेत परिवर्तन हुनुपर्ने बताइन् । चटौतले आमसञ्चारले अश्लील गीत बढावा दिएको सन्दर्भ उठाउँदै त्यस्ता गीत क्लिक पनि नगर्ने र लाइक सेयर पनि नगर्ने हो भने ती आफैं हराउने बताइन् । उनले तिज महिलाहरूले आफ्नै किसिमले मनाउनु पर्नेमा जोड दिइन् ।

डा. ढकालको अवधारणापत्रमाथि प्रा. जगतप्रसाद उपाध्यायले टिप्पणी गरे ।

नेकपा एमालेका सांसद रघुजी पन्तले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्य, ममता गिरीलगायतले बोलेकी थिइन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro