site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिले हाइड्रोजनको भविष्यबारे काठमाडौं विश्वविद्यालयका विज्ञसँग गरे बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हरित ऊर्जा पहललाई अघि बढाउने विषयमा छलफल गरेका छन् ।

राष्ट्रपतिले काठमाडौं विश्वविद्यालय (केयू)का हाइड्रोजन ल्याबका प्रतिनिधिसँग हरित हाइड्रोजन विकासको वर्तमान अवस्था र भविष्यका सम्भावना बारेमा छलफल गरेका हुन् ।

छलफल तथा बैठकमा राष्ट्रपति कार्यलायका सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव लगायत अन्य पदाधिकारी तथा केयूका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख सहप्रध्यापक डा। बिराज सिंह थापा, प्राज्ञिक–औद्योगिक सहकार्यका संयोजक डा. राम लामा, पीएचडी स्कलर ई. लक्ष्मण लामा र परियोजना ईन्जिनियर ई. नितेश यादव सहभागी थिए ।

केयूका सहप्रध्यापक डा. बिराज सिंह थापाले नेपालमा जलस्रोतको प्रचुरता र जलविद्युतबाट उत्पन्न अतिरिक्त विद्युतबाट हाइड्रोजन उत्पादनका लागि फाइदा पुग्ने बताए ।

उनले हिमालयको शुद्ध पानी प्रयोग गरी नेपालमा संसारकै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न सकिने र यसले नेपाललाई विश्वव्यापी हाइड्रोजन अर्थतन्त्रमा प्रमुख खेलाडीको रूपमा स्थान दिन सक्ने बताए ।

यस्तै, डा. राम लामाले हाइड्रोजनले जीवाश्म इन्धनको प्रयोगलाई घटाउन सकिने बताए ।

हरित हाइड्रोजन नीति, २०८० ले परिकल्पना गरे .अनुसार एक अधिकार सम्पन्न संस्था स्थापना हुनुपर्ने र सो संस्थाले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्नेबारे पनि छलफल भएको छ ।

हाइड्रोजनले विश्वव्यापी दिगोपन लक्ष्यहरूप्रति नेपालको प्रतिबद्धतालाई पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस सम्बन्धी आगामी कोप–२९ सम्मेलनमा कार्बन तटस्थता हासिल गर्न हाइड्रोजनको प्रयोगलाई महत्त्वपूर्ण अवयवको रूपमा प्रवर्द्धन गर्ने राष्ट्रपतिले बताएका छन् ।

राष्ट्रपति पौडेलले नेपालको दिगो भविष्यप्रतिको प्रतिबद्धता औंल्याउँदै हाइड्रोजन प्रविधिको विकासमा अन्य राष्ट्रहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro