site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा पुरस्कार प्रदान गर्ने

काठमाडौं । ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा पुरस्कार प्रदान गर्ने भएको छ । फाउन्डेसनले वातावरण संरक्षण, शिक्षा र पत्रकारिता विधामा पुरस्कार प्रदान गर्ने भएको हो ।

फाउन्डेसनले हरेक वर्ष लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारअन्तर्गत तीन लाख रुपैयाँ, दुर्गादेवी मिश्र शिक्षा पुरस्कारअन्तर्गत तीन लाख रुपैयाँ तथा ज्यानु–वसन्तराज मिश्र पत्रकारिता पुरस्कारअन्तर्गत तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

Mishra-(4)-1724414143.jpg

शुक्रबार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले तीन विधामा नौ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ । पुरस्कार भदौ १३ गते उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा प्रदान गरिने जानकारी दिइएको हो । 

Dabur Nepal

पुरस्कारसम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले फाउन्डेसनको लक्ष्य र महत्त्वाकांक्षा निकै राम्रो रहेको र यस्ता कार्यले आगामी दिन थप उचाइमा पुर्‍याउने बताए ।

Mishra-(6)-1724414143.jpg
“वसन्तजी आफ्नो महत्त्वाकांक्षा पूरा गर्ने व्यक्ति हो । उहाँ महत्त्वाकांक्षाले फाउन्डेसन देशको सबैभन्दा ठूलो नव प्रर्वतक गर्ने संस्था बन्छ भन्ने मलाई लाग्छ,” उनले भने, “पुरस्कार लिने व्यक्ति पुरस्कारभन्दा ठूलो हुन्छ । त्यसमा फाउन्डेसनले राम्रोसँग हेर्नुपर्छ ।”

फाउन्डेसनले समाजलाई जिम्मेवार देख्न चाहने व्यक्तिगत र समाजको उन्नति चाहने व्यक्तित्वको हातमा रहेको क्याप्टेन रामेश्वर थापाले बताए ।

“वसन्त दाइ समाज सेवामा निक्कै दत्तचित्त भएर लाग्नुभएको व्यक्तित्व हो । साथै, वाइल्ड लाइफका लागि उहाँले निकै राम्रो काम गरिराख्नुभएको छ । वन्यजन्तु संरक्षणमा निकै लाग्नुभएको छ,” थापाले भने, “समाजप्रति निकै उत्तरदायी व्यक्तिको रूपमा उहाँलाई लिन सकिन्छ ।”

Mishra-(2)-1724414142.jpgवसन्तराज मिश्र पर्या पर्यटनमा महत्त्वपूर्ण काम गरेको भन्दै फाउन्डेसनका ट्रस्टीसमेत रहेका पत्रकार प्रतीक प्रधानले संस्थाले प्रदान गर्ने पुरस्कार सही व्यक्तिले पाउने गरी जुरी बनाएको बताए ।  

नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहेका पर्यटन व्यवसायी वसन्तराज मिश्रद्वारा सञ्चालित टेम्पल टाइगर ग्रुप अफ कम्पनीजले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत सामाजिक सेवा गर्दै आएकामा देश र समाजको विकासमा थप उद्देश्यमूलक हस्तक्षेप गर्ने ठोस अवधारणासहित ज्यानु–वसन्तराज मिश्र फाउन्डेसन स्थापना गरेको हो । 

फाउन्डेसन एक गैरसरकारी, गैरराजनीतिक र गैरनाफामूलक, सामाजिक संस्था रहेको जानकारी दिइयो । वि.सं. २०७८ मंसिर २४ गते स्थापना भएको फाउन्डेसनको कार्यालय ललितपुरमा छ । फाउन्डेसनको संस्थापकहरूमा वसन्तराज मिश्र र ज्यानू मिश्र रहेका छन् ।

Mishra-(1)-1724414142.jpgफाउन्डेसनको संस्थापक अध्यक्ष वसन्तराज मिश्र हुन भने पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार रहेका छन् । संस्थाका ट्रस्टीजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरूण पन्त, पत्रकार प्रतीक प्रधान, डा. मधु आचार्य, डा. पियुष राज मिश्र, ब्रजेश राज मिश्र तथा रिता जे. प्रधान रहेका छन् संस्थाको सचिव राजेन्द्रकुमार महर्जन हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro