site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘वर एण्ड वधु’को रोमानियामा खिचिएको गीत

काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को गीत ‘सिरि सिरि हावा’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको रोमान्टिक गीतमा विवेक कर्माचार्य र आँचल शर्मा फिचर्ड छन् ।

नरेश भट्टराईको शब्दरचना रहेको गीतमा युग भुषालको संगीत छ । गीतमा सुगम पोखरेल र नेहा करोडेको स्वर छ ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रको गीत नेपाल र रोमानियाको लोकेसनमा खिचिएको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । 

भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मालगायतको अभिनय छ । 

एलआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदीप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro