site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा बिचौलियाको पहुँच बढेको छ : नारायणी शर्मा
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले सेयर बजारमा आमसर्वसाधारणभन्दा बिचौलियाको पहुँच बढेको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शर्माले सरकारले नै बिचौलियालाई प्रोत्साहन गरेको आरोप लगाइन् ।

“सेयर बजारको उकालो देखेर सरकार ढुक्क नबनोस् । सेयर बजारमा आमसर्वसाधारणभन्दा बिचौलियाहरूको पहुँच बढेको छ,” सांसद शर्माले भनिन्, “यसले सर्वसाधारणहरूको जीवनमा खास फरक पार्न सकेको छैन । देशका मुख्य सहर सुनसान हुँदै गएका छन् । बजारमा पैसा छैन ।”

Dabur Nepal
NIC Asia

त्यस्तै, बैंकहरू उद्योग व्यापारमैत्री हुन नसकेको पनि उनको भनाइ छ । “बैंकप्रति अविश्वास बढ्दै गएको छ । यसले देशलाई गम्भीर आर्थिक संकटतर्फ पनि धकेल्न सक्छ,” उनले भनिन् ।

अहिलेको आर्थिक संकटतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । सरकारले बिचौलियाहरूलाई खुसी पार्ने र आफ्नो आयु बढाउनेतिर गइरहेको भन्ने जनगुनासो बढेको पनि उनको भनाइ छ । सरकार आर्थिक उन्नतितर्फ केन्द्रित बन्नुपर्ने शर्मा बताउँछिन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu