site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा सुरुङमार्ग निर्माण तत्काल थाल्न सांसदको माग

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका सांसद लेखनाथ दाहालले सिन्धुली–खुर्कोट ३९ किलोमिटरको सडकमा सुरुङमार्ग निर्माणकार्य तत्काल थाल्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले उक्त सडक घुमाउरो भएकाले यात्रु बिरामी हुने गरेका बताए ।

सुरुङमार्ग बनाउँदा त्यहाँ ३१ किलोमिटर सडक छोटो हुने उनले उल्लेख गरे । “हरेक दिन दुर्घटना हुन्छ । बीपी लोकमार्ग नभएर मृत्युमार्ग बनेको छ । सुरुङमार्ग निर्माण गर्दा ८.४ किलोमिटरमा यात्रा गर्न सकिन्छ । ३१ किलोमिटर सडक छोटो हुन्छ,” उनले भने ।

चालु आर्थिक वर्षमा केही बजेट छुट्ट्याइएकाले छिटै काम सुरु गर्न उनले आग्रह गरे । “सुरुङमार्ग आर्थिक साझेदारी संस्था खोजेर तत्काल निर्माणकार्य तत्काल अघि बढाइयोस्,” उनले भने ।

सुरुङमार्ग बनाइए मानवीय क्षति कम हुने र करोडौँ पुँजी बचत हुने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro