site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा युद्धविराम सम्झौताका निम्ति नेतान्याहूलाई बाइडेनको दबाब
फाइल तस्बिर : एएफपी ।

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई हमाससँग गाजामा युद्धविराम सम्झौताका निम्ति दबाब दिएका छन् । मध्यस्थकर्ताको आग्रहमा गरिएको गाजामा युद्धविरामसम्बन्धी वार्ता अवरुद्ध भएपछि उनले यस्तो दबाब दिएका हुन् ।

वार्ताका निम्ति गरिएका प्रयास सफल हुन नसकेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वको भ्रमण अन्त्य गरेका थिए । त्यसको केही समयपछि बाइडेन र नेतान्याहूबीच टोलिफोनमा कुराकानी भएको हो ।

मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिकी कूटनीतिज्ञ स्वदेश फिर्ता हुनुले तत्काल थप वार्ताको सम्भावना देखिँदैन । यद्यपि, सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले युद्धविराम र बन्धक मुक्तिको सम्झौता बन्द गर्नुपर्ने जनाउँदै बाँकी अवरोध हटाउन आउँदो कायरो वार्ताबारे छलफल गरेको जनाएका छन् ।

तेहरानले हमासका शीर्ष नेताको हत्याको बदला लिने धम्की दिएपछि उनले नेतान्याहूसँग इरान र यसको आंकवादी समूहबाट हुने खतराविरुद्ध अमेरिकाले इजरायलको रक्षा र समर्थन गर्ने बताएका थिए ।

ह्वाइट हाउसले पनि अमेरिकी राष्ट्रपति बाइडेनले सम्झौतामा पुग्न ‘तत्काल जोड दिएको’ जनाएको छ । उपराष्ट्रपति कमला ह्यारिसले पनि फोनमा नेतान्याहूसँग कुराकानी गरेको स्रोतले जनाएको छ ।

एक्सियोस समाचारका अनुसार, बाइडेनले नेतान्याहूलाई अमेरिका, इजिप्ट र कतारले मध्यस्थता गरिरहेको वार्तामा थप लचिलो हुन दबाब दिएका छन् ।

गत अक्टोबरमा हमासले गरेको आक्रमणपछि बाइडेन प्रशासनले इजरायलको समर्थनका निम्ति नेतान्याहूलाई सहयोग गर्दै प्यालेस्टाइनी लडाकु समूहलाई निस्क्रिय पार्न सैन्य सहायता प्रदान गर्दै आएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro