site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लघुकथा दिवसमा आरआर चौलागाईं सम्मानित

काठमाडौं । लघुकथा समाज, नेपालले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर हेटौंडाका कवि तथा लघुकथाकार आरआर चौलागाईंलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान २०८१’ प्रदान गरेको छ ।

बुधबार सर्वनाममा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा नाट्यकर्मी अशेष मल्लले चौलागाईंलाई सम्मानित गरे । सर्जकलाई सम्मानित गर्दै मल्लले विसं.२०३१ सालमा विराटनगरमा पढ्दा सर्जक साथीहरू मिलेर लघुकथाको किताब निकालेको स्मरण गरे । 

त्यो समय लघुकथा भन्ने चलन थिएन । त्यसैले ती छोटा कथाको नाम भाषाशास्त्री बालकृष्ण पोखरेलले ‘रेच्की गल्प’ राखिदिएको उनले स्मरण गरे ।  उनले भने, “आज लघुकथा विधा स्थापित भइसकेको छ । आजको समयमा हामीले प्रविधिको सही सदुपयोग गरेर राम्रा रचना पाठकका लागि पस्कन सक्नुपर्छ । तर म देख्छु, यहाँ त किताब निकाल्ने हतारो र होड चलेको छ ।” 

पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानका संस्थापक समेत रहेका समाजका पूर्व अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा लोकप्रिय भएकाले यसमा विकृति नआओस् भन्दै लघुकथाकार आफैँ सचेत हुनुपर्नेमा जोड दिए ।

३० को दसकदेखि कविता सिर्जनामा सक्रिय रहँदै आएका चौलागाईंले लघुकथा २०५० देखि मात्रै लघुकथा लेख्न थालेको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro