site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट 

काठमाडौं । नेपाल प्रहरीको सेवामा ३० वर्षे हदबन्दी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । ट्राफिक महाशाखामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाश पत्र पाएका इन्सपेक्टरदेखि एसएसपीसम्मका २१ जनाको वारेस भई भक्तपुर ठिमीका कुमार बस्नेतले बुधबार रिट दायर गरेका हुन् । 

सर्वोच्चमा दायर भएको रिट आजै दर्ता भएको र बिहीबारका लागि पेसी तोकिएको छ । रिटमा नेपाल प्रहरीमा भर्ना भई विभिन्न तालिम र अनुभव लिएका व्यक्तिहरू सेवाबाट अवकाश पाउँदा उनीहरूले ७५ प्रतिशत पेन्सन लिँदा राज्यलाई थप भार पर्ने भएकाले आर्थिक दृष्टिकोणले पनि अनिवार्य अवकाशका लागि ३० वर्षको सेवाहद उपयुक्त नभएको दावी गरिएको छ । 

यस्तै, नेपाल प्रहरीबाहेक निजामति र नेपाल आर्मीमा समेत ३० वर्षे सेवा हद तोकेर अनिवार्य अवकाशको व्यवस्था नरहेको भन्दै सेवा र सन्तुलन मिलाउन पनि अनिवार्य अवकाशको ३० वर्षे हदको व्यवस्था हटाउनुपर्ने दावी रिटमा छ । 

रिटमा सर्वोच्चले नै संसद् चलिरहेको भए विधेयकमार्फत र संसद् सञ्चालन नभएको भए अध्यादेशमार्फत ऐन संशोधन गर्न पनि आदेश माग गरिएको छ । रिटमा अवकाशको मिति तोकेर पत्र पाएका सबैको अन्तरिम आदेशबाट बदर गरी सेवामा रहनेगरी अन्तरिम आदेश पनि माग गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro