site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारी प्रकरण : नकर्मीलाई थुनामा पठाउने आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले थप एकजनालाई थुनामा पठाउने आदेश गरेको छ । 

सहकारीका सचिव अनुज नकर्मीलाई जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशसँगै नकर्मी कारागार चलान भएका छन् ।

Dabur Nepal
NIC Asia

उनी गत भदौ २ गते काठमाडौंस्थित दक्षिणकालीबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई कास्की प्रहरीमा ल्याइएइको थियो । 

आइतबार अदालतमा उपस्थित भएपछि उनीमाथि थुनछेक बहस चलेको थियो । बहसपछि न्यायाधीशले थुनामा पठाउने आदेश गरेका हुन् । योसँगै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासत ६ जना पुगेका छन् ।

गितेन्द्रबाबु ‘जीबी’ राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro